खरानीबाट उठ्दै मीनबहादुर र सावित्रीको भाटभटेनी
राजधानीको भाटभटेनी मन्दिर छेवैदेखि धरानसम्म,पूर्वदेखि पश्चिमसम्म सधैं स्वदेशी बिदेशीको भीड लागिरहने भाटभटेनी सुपरस्टोरका अधिकांश भवन आज खरानीको थुप्रोमा फेरिएका छन् । काठमाडौंको टोखा,ललितपुरको सातदोबाटो,अनामनगर र केही अन्य शाखाबाहेक २१ वटा सुपरस्टोरमा भदौ २४ गतेका दिन विध्वंश मच्चाइएको थियो ।
तीमध्ये १२ वटा पूर्ण रूपमा जलेर ध्वस्त भएका छन् । चोरी,डकैती र तोडफोडबाट बाँकी शाखाहरू पनि क्षतिविक्षत छन् ।
तर ती भवनमा विध्वंशको कथा मात्रै छैन। रोजगारीको आशा बोकेका हजारौं श्रमिक,सेल्स गर्ल्स,सेल्स बोइदेखि सुरक्षा गार्ड सबैले खरानी भएको पसलमा आफ्नो पसिना बगाएका थिए । तर खरानीका बीचमा पनि उनीहरूझैँ हजारौं ग्राहकको आँखामा चम्किरहेको छ –पुनर्निर्माणको आशा।
भाटभटेनी एक व्यापारीको मात्रै सपना होइन । यो लाखौं नेपालीको भान्सादेखि बैठक कोठासम्म आवश्यक वस्तुको भरोशा हो । बैंकहरूको लगानी, उपभोक्ताको विश्वास र श्रमिकको पसिनाले यो संरचना ठडिएको थियोे । एकक्षणको आगोले ती सबैलाई चुनौती दिएको छ तर मनोबल नष्ट गर्न भने सकेको छैन।
रातारातको पुनर्निर्माण गति हेर्दा लाग्छ मीनबहादुर र सावित्री गुरुङ्गको मन र उत्साह मरेको छैन । भाटभटेनी फेरि उभिन्छ,केवल ईंटा–ढुङ्गामा होइन ।
भाटभटेनीको अभावमा गत महिनाको दशैं र हिजोसम्मको तिहारमा दशौं हजार ग्राहकले मूल्य र गुणस्तरको चर्को अभाव महशुस गरेका छन् । नेपाली बजारमा उपभोग्य सामानको कालोबजारीलाई रोक्न भाटभटेनीले खेलेको भूमिका यस पटकको चाडपर्वमा देखिएको छ । सर्वत्र देखिएको मनोमानी भाउले मीनबहादुरको दशकौंको निश्वार्थ राष्ट्रप्रेमलाई पुनः एक पटक सतहमा ल्याइदिएको छ ।
‘भाटभटेनी फेरि उभिनेछ’ यो सन्देश अहिले सामाजिक सञ्जालमा व्याप्त छ। संरचना मात्रै होइन, ग्राहकको भावना, सर्वसाधारणको रोजगारी र भरोसाको पुनर्निर्माण पनि यहाँ सुरु भइसकेको छ ।
रातारातको पुनर्निर्माण गति हेर्दा लाग्छ मीनबहादुर र सावित्री गुरुङ्गको मन र उत्साह मरेको छैन । भाटभटेनी फेरि उभिन्छ,केवल ईंटा–ढुङ्गामा होइन । यहाँको पसिनामा,ग्राहकको आशामा र कर्मचारीहरुको मनोबलमा दयालु,रास्ट्रप्रेमी ओखलढुंगे कर्मवीरको आँसु र हाँसो,रगत र पसिना मिसिएको छ,यो त्यसै सुक्दैन त्यसै भनिएको हैन ।
टिप्पणीहरू