सडक भासिएपछि जाम
फाइल फाेटाे
पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन–आँबुखैरनी सडकखण्ड अवरुद्ध भएपछि सवारी साधनको लाम लागेको छ । सो खण्डको साखर भन्ने स्थानमा सडक भासिएर आवागमन एकतर्फी भएपछि सवारी साधनको चाप अत्यधिक भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा समेत बिहानैदेखि जाम भएको छ । त्यस्तै, कुरिनटारमा पनि सवारी चाप अत्यधिक देखियो । अवरुद्ध सडक सञ्चालनमा ल्याउन काम भइरहेतापनि सवारी साधनको चाप अत्यधिक हुँदा जोखिम बढेको छ । यसैले, कार्यालयले पहिरोको उच्च जोखिम भएका स्थानलगायत पुलमाथि सवारी साधन नरोक्न आग्रह गरेको छ ।
टिप्पणीहरू