विध्वंशपछि रोकिएको ट्राफिक कक्षाको तयारी
जेन जी विध्वंशपछि रोकिएको ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबारदेखि कक्षा सुचारु गर्न लागेको जानकारी दिएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा गुडाउने, रातो बत्ति तथा सडक लेन उल्लंघनजस्ता ट्राफिक कारबाहीमा परेका चालकलाई राहशाहपथस्थित ट्राफिक कार्यालयमा भौतिक उपस्थितिमा शिक्षा दिने गरिएको थियो ।
कार्यालयका अनुसार सार्वजनिक बिदाको दिनबाहेक बिहान ९ बजेदेखि १० बजे, साढे १० बजेदेखि साढे ११, १२ बजेदेखि साढे १, साढे १ बजेदेखि साढे २ र ३ बजेदेखि ४ बजेसम्म कक्षा सञ्चालन हुनेछ ।
शुक्रबार दिउँसो साढे २ बजेसम्म र अन्य समय उपस्थित हुन असहज हुनेका निम्ति शनिबार १० बजेदेखि १२ बजेसम्म दुई वटा कक्षा हुने कार्यालयले जनाएको छ ।
टिप्पणीहरू