खराब मौसमले जहाज धमाधम ‘‘डाइभर्ट’’

खराब मौसमले जहाज धमाधम ‘‘डाइभर्ट’’

प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । बिहानदेखिको निरन्तर वर्षाले भिजिबिलिटी कम भएपछि आजका अधिकांश उडान स्थगित हुँदा केही जहाजलाई 'डाइभर्ट' गरिएको छ । 

काठमाडौं आएको श्री एअरलाइन्सको फ्लाई नम्बर ७३२ भएको जहाज खराब मौसमका कारण पुनः विराटनगर फर्किएको छ । आकाशमा १ घण्टा ३८ मीनेट ‘होल्ड’ गरेपछि पनि अवतरण गर्न नसकेर जहाज पुनः विराटनगर फर्काइएको हो । 

अन्तर्राष्ट्रियतर्फ आठ वटा जहाज ‘ड्राइभर्ट’ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अपरेशन डिपार्टमेण्टका प्रमुख सन्तुष्टकुमार बस्नेतले बताए । उनका अनुसार इण्डिगो, एअर इण्डिया, चाइना इस्टर्न, सिचुवानलगायतका फ्लाइट ‘ड्राइभर्ट’ गरिएको छ । 

जनआस्थासँग उनले भने,‘डोमेस्टिक विवरण आइसकेको छैन । इन्टरनेशनलतर्फ आठ वटा फ्लाइट डाइभर्ट भएको छ ।’

टिप्पणीहरू