जंगलमा खरानी बनाइएकाे गाडीधनीकाे शव पुलमुनी
झापामा छ दिनदेखि बेपत्ता एकजनाको शव आज पुलमुनी गाडिएको अवस्थामा फेला परेको छ । उनको सवारी साधन अस्ति जंगलमा जलाइएको अवस्थामा फेला परेको थियो ।
शिवसताक्षी–१० माईधारका ३३ वर्षीय सरोज शर्माको शव स्थानीय बिरिङ खोलाको पुलमुनि फेला परेको छ । आइतबारदेखि सवारी साधनसहित बेपत्ता भएका उनको कार तीन दिनअघि चारआली–भद्रपुर सडक छेउको जंगलमा जलाइएको अवस्थामा भेटिएको थियो ।
प्रहरीले शव गाडिएको अवस्थामा भेटिएको हुनाले हत्याको आशंका गरेको छ ।
टिप्पणीहरू