अख्तियार प्रमुखलाई धम्काउनेहरु प्रहरी खोरमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुमाथि अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले बताए । जनआस्थासँग उनले भने,‘तीन जना पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको छ । अरुको पनि खोजी भइरहेको छ ।’
‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ नामक समूहले केही दिनअघि ईमेल पठाउँदै राईसहित पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक गोपालबहादुर खड्का, पूर्वगृहमन्त्रीद्धय रमेश लेखक, बालकृष्ण खाँण, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्वप्रहरी महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ्ग, रमेश चन्द ठकुरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएको थियो ।
टिप्पणीहरू