चार मन्त्रीले लिए शपथ, तीन मन्त्रालय खाली
प्रधानमन्त्री सुशीला कार्कीले तीन महिनामा चौंथोपटक क्याविनेट विस्तार गरेकी छन् । चार मन्त्री थपेर आज क्याविनेट विस्तार गरिएको हो ।
नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराए ।
मन्त्री नियुक्त भएका प्रा.डा कुमार इङ्नामले भूमि मन्त्रालय, राजेन्द्रसिंह भण्डारीले श्रम मन्त्रालय, माधव चौलागाइले वन मन्त्रालय र श्रद्धा श्रेष्ठले महिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
चौंथो पटक मन्त्रिमण्डल विस्तार गर्दा पनि सरकारले पूर्णता पाएको छैन । परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ ।
टिप्पणीहरू