खल्तीको चलखेल रोक्न मन्त्रीसँग गुहार

खल्तीको चलखेल रोक्न मन्त्रीसँग गुहार

नेपाल प्रिमिएर लिग (एनपीएल)को टिकेटिङ पार्टनर खल्ती एपले बदमासी गरेको भन्दै जेनजीहरूले सरकार गुहारेका छन् । 

एनपीएका पछिल्ला केही खेलको टिकट मूल्यमा चलखेल भएको दाबीका साथ जेनजीको एक समूहले आज खेलकुदमन्त्री बब्लु गुप्ताको ध्यानाकर्षण गराएको हो । आफूलाई जेनजी अगुवा भन्ने युवराज उपाध्याय, मनोज कुमार रावल,राजेन्द्र रोकाय, हेमराज न्यौपाने,राजेश रावल,देवप्रसाद ढुङ्गाना, साजन रोकाय,प्रकाश नागरजी, रामबहादुर बोहरा, बिनोद सोडारी, विकास यादव,जमुना बुढालगायतको टोलीले औपचारिक पत्र लेखेर यसबारे छानविन गर्न मन्त्रीलाई भनेका छन् ।  

'पछिल्लो समय चलिरहेको एनपीएलमा भएको अनियमितता र खल्ती एपलाई दिएको जिम्मेवारी जसरी दुरुपयोग गरियो', पत्रमा भनिएको छ, 'यो विषयमा यो विषयमा मन्त्रालयको ध्यान जाओस् र दोषीलाई कडा भन्दा कडा कारवाही होस् ।'

टिप्पणीहरू