हात्ती नबोक्दै विमान ‘डाइभर्ट’

हात्ती नबोक्दै विमान ‘डाइभर्ट’

नेपालका दुईवटा हात्ती कतार लैजान आएको कतार एयरवेजको चार्टर विमान कलकत्ता डाइभर्ट भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने उक्त विमान खराब मौसमका कारण कलकत्ता पुगेको छ ।

कतार लैजान लागिएका दुई वटा हात्ती बोक्न विमान दोहाबाट भैरहवाको आकाशमा पुगेको थियो । उपहारस्वरूप प्रदान गरिएका ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ हात्ती हिजै त्यहाँ पुर्याइएको छ ।

टिप्पणीहरू