सरकारसँग सुरक्षा माग्दै राजदूतहरू

सरकारसँग सुरक्षा माग्दै राजदूतहरू

२०२३ र २४ को ‘जेन जी’ उपद्रोको पराकम्प स्वदेश मात्र नभएर विदेशमा समेत परिरहेको छ । दुःखसुखको साथीका रुपमा चिनिएका दुई राष्ट्रले नेपाल सरकारलाई आफूमाथि आइपरेका पीरमर्काबारे गुनासो सुनाउँदै सहयोगको याचना गरेका छन् । सदा अमेरिकी समर्थन प्राप्त र नेपालका विपिन जोशीले हमासको अपहरणमा परेर ज्यान गुमाएको तथा बिपी कोइरालाले पहिलो चोटी अलग राष्ट्रका रुपमा मान्यता दिएको राष्ट्र हो इजरायल ।

वि.सं. ०१६ सालमै बीपीलाई हतियार उपहार दिने सोही राष्ट्र इजरायलले आफ्नो दूतावास र राजदूत निवासमा नेपाल सरकारको तर्फबाट दिइँदै आएको नेपाल प्रहरीको के–नाइन टिमको सुरक्षा ‘जेन जी’ आन्दोलनपछि झिकिएकोमा गुनासो पोख्दै सुरक्षा फर्काउन विनम्र आग्रह गरेको छ । २७ नोभेम्बरको दिन नेपाल सरकारलाई चलानी नं. २१६ को पत्र लेखेर भनिएको छ, ‘जेनजी आन्दोलनपछि विशालनगरस्थित राजदूतको निवास र लाजिम्पाटस्थित दूतावासमा सुरक्षा खतरा आइपरेको छ ।’ पत्रमा भनिएको छ ‘इजरायलका विदेशस्थित कूटनीतिक नियोगहरुमाथि सुरक्षा खतरा बढिरहेको बेला नेपालमा दिइँदै आएको सुरक्षा झिकिएको र यसले गर्दा खतरा बढेको हुँदा आवश्यक व्यवस्था मिलाइदिनु हुन विनम्र आग्रह गर्दछौँ ।’ पत्रको खासै संबोधन नभएपछि राजदूत चित्त दुखाउँदै हिँडेको समाचार सूत्र बताउँछ ।

उता प्रधानमन्त्री सुशीला कार्की स्वयमले १५ डलरमा अत्तो थापिरहेका बिचौलियाहरु झस्किने गरी १० डलरमै छिटो राहदानी उपलब्ध गराइदिन आग्रह गरिएको राष्ट्र जर्मनीका राजदूतले पनि नेपाल सरकारसामु २६ नोभेम्बरमा अर्को गुनासो राखेका छन् । ज्ञानेश्वरस्थित दूतावाससँग सटाएर दक्षिणपट्टिको छिमेकीले भटाभट जिमखाना बनाउँदै आएको विषयसँग सम्बन्धित छ । उक्त गुनासो ड्याङडुङ गर्दै दूतावासको कम्पाउण्ड सँगै जोडेर त्यहाँ दिनदिनै भद्रगोल मच्चाइरहेको बताइन्छ । त्यसनिम्ति काठमाडौँ महानगरपालिकाबाट अनुमतिसमेत प्राप्त नगरेको बुझिएको छ । यसबाट आफ्नो सुरक्षामा खतरा उत्पन्न भएको जर्मन दूतावासको गुनासो हो ।

(जनआस्था साप्ताहिकको पुस २ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू