ट्राफिकलाई ‘म्याजिक लाइट’

ट्राफिकलाई ‘म्याजिक लाइट’

रातको समयमा सवारीसाधन व्यवस्थापनका निम्ति ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ सहयोग गरिएको छ । लायन्स क्लब काठमाडौंले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उक्त लाइट हस्तान्तरण गरेको हो । 

क्लबले चार सय थान म्याजिक लाइट सहयोग गरेको कार्यालयले जनाएको छ । रातको समयमा ट्राफिक व्यवस्थापन गर्न निकै कठिन हुने भएकोले म्याजिक लाइटको प्रयोगले केही हदसम्म राहत मिल्ने कार्यालयको भनाइ छ ।

टिप्पणीहरू