जेन जी आन्दोलनमा घुसपैठ भएको तत्कालीन गृहमन्त्रीको दाबी
भदौ २३ गतेको जेन जी आन्दोलनका क्रममा तत्कालीन गृहमन्त्री रमेश लेखकले आन्दोलनमा योजनाबद्ध रूपमा घुसपैठ भएको दाबी गरेका छन्। जेन जीले असल नियत र शान्तिपूर्ण उद्देश्यले प्रदर्शन गरेपनि आन्दोलन एकाएक हाइज्याक भएको बताए ।
भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा बयान दिएपछि काँग्रेस संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त दिनको प्रदर्शन शुरु भएपछि घुसपैठ र हिंसात्मक बनेको दाबी गरे ।
लेखकका अनुसार भदौ २४ गतेको विध्वंश पूर्वनियोजित र योजनाबद्ध थियो । २३ भदौको प्रदर्शनसमेत घुसपैठकै कारण हिंसात्मक बनेको उनले उल्लेख गरे ।
टिप्पणीहरू