सांसद बन्न एआईलाई चिना हेराइँदै

सांसद बन्न एआईलाई चिना हेराइँदै

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन हो । केही राजनीतिक दलले हिजो बन्दसूची बुझाइसकेका छन् भने केहीले आज बुझाउँदैछन् । 

बाँकीले समानुपातिक उम्मेद्वारहरुको बन्दसूची बुझाउने अन्तिम तयारी गरिहँदा नेकपा (एमाले)की केन्द्रीय सदस्य साजिदा खातुन सिद्धिकीले एआईलाई चिना हेराएकी छन् । ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्विरोध केन्द्रीय सदस्य (मुस्लिम महिलातर्फ) बनेकी उनले उनले आफू पार्टीको समानुपातिक उम्मेद्वार सूचीमा पर्छु कि पर्दैन भनेर एआईलाई सोधेकी हुन् । उनले एआईको जवाफ सार्वजनिक गरेकी छन्, ‘तपाईं समानुपातिक बन्दसूचीको अग्रस्थानमा हुने र सांसद हुने बलियो सम्भावना छ ।’

दाङ घर भएकी र अध्यक्ष ओलीलाई ‘बा’ भनेर साइनो लगाउने खातुन एआईको जवाफमा प्रसन्न भएकी छन् । एमालेले समानुपातिक बन्दसूची तयार पारिरहँदा खातुनले सामाजिक सञ्जालमार्फत् घुमाउरो भाषामा सांसद बन्ने आकांक्षा व्यक्त गरेको देखिन्छ ।

टिप्पणीहरू