मन्त्री बन्न राेकिएकी टासी रास्वपाको सूचीमा

मन्त्री बन्न राेकिएकी टासी रास्वपाको सूचीमा

वातावरण अभियन्ता टासी ल्हान्जोम राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा समावेश भएकी छन् । पार्टीको प्रारम्भिक उम्मेद्वार निर्वाचनमा आदिवासी जनजाती समूहबाट १३ हजार ७२ मतसहित उनी उम्मेद्वार चयन भएकी हुन् । 

टासी सबैभन्दा धेरै मत ल्याउने तेस्रो स्थानमा छिन् । पहिलो स्थानमा उत्तमबहादुर गुरुङ र दोस्रो स्थानमा गायिका सत्यकला राई छिन् ।

सुशीला कार्की नेतृत्वको क्याविनेटमा जान लागेको भनेर चर्चामा आएकी टासी दुई साताअघि रास्वपामा भित्रिएकी थिइन् ।

टिप्पणीहरू