महानगरको डोजर आज पञ्चकन्यामा

महानगरको डोजर आज पञ्चकन्यामा

काठमाडौंको छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयको प्राङ्गणमा बनाइएका संरचना हटाइएको छ । 

सार्वजनिक जग्गा कब्जा गरेर संरचना निर्माण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले आज डोजर चलाएको हो । महानगर प्रहरी बलका अनुसार विद्यालयको प्राङ्गणसँगै सार्वजनिक स्थानमा बनाइएका तीन वटा टहरा भत्काइएको छ । 

सार्वजनिक जग्गा हड्पेर बनाइएका संरचना महानगरले हटाउँदै आइरहेको छ ।
 

टिप्पणीहरू