पशुपतिको भेटी चोरी प्रकरण, यस्तो छ बयान

पशुपतिको भेटी चोरी प्रकरण, यस्तो छ बयान

पशुपतिनाथको भेटी चोरी प्रकरणको चर्चा फेरि हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले चार वर्षे अवकाश लिनुअघि त्यस्तो चर्चा चलाइएको छ ।

गत वर्ष जेठ ७ गते पशुपति मन्दिर परिसरमा भेटी चोर्दै गरेको अवस्थामा पक्राउ परेका ३४ वर्षीय अनिल परियारले प्रहरीसमक्ष विभिन्न पदाधिकारीको निर्देशनमा उक्त हर्कत गरेको बयान दिएका थिए । प्रहरीले एकजना नायब सुब्बा र ब्राह्मणलगायतलाई पक्रेकोे थियो । तर राजनीतिक शक्तिको आडमा ती सबै हिरासतमुक्त भएको कर्मचारीहरुको आरोप छ ।

रंगेहात पक्राउ परेका परियाले बयानमा ज्याकेट लगाएर रकम झिक्न लगाइएको बताएका छन् । त्यसरी चोरिएको भेटीबाट आफूले दिनमा पाँच सयदेखि १५ सयसम्म पाउने गरेको परियारको भनाई छ । ‘पशुपतिमा दिनमा तीन लाखसम्म भेटी जम्मा हुन्छ, त्यसमध्ये दैनिक ५० हजार तीन चार जनाको खल्तीमा जाँदो रहेछ ।

उक्त प्रकरणमा भएको हालसम्मको कारबाहीबारे गौशला प्रहरी वृत्तका डिएसपी प्रकाश रिमालले अनभिज्ञता प्रकट गरे । ‘म यहाँ आको दुई तीन महिना मात्रै भयो’, उनले भने, ‘मैले पनि सुनेको मुद्दा हो यो, फाइल बन्द भइसकेको जस्तो लाग्छ, स्योर छैन !’
 

टिप्पणीहरू