यसकारण निर्वाचन आयोगकाे प्रष्टिकरण
०७९ मंसिरमा भएको निर्वाचनमा ‘खर्च लुकाउने’ उम्मेदवारलाई ‘कालोसूची’ मा राखिएको भन्दै आएका समाचारप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै त्यस्ता समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ ।
केही दिनयता विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘निर्वाचन आयोगले दुःख दियो’, ‘चुनावी खर्च लुकाउने यसपालि उठ्न नपाउने’, ‘निर्वाचनको कालोसूचीमा दलका उम्मेदवार’ लगायतका समाचार आइरहेका छन् ।
त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले खर्च लुकाउने उम्मेदवारलाई ०८० साउन ९ गते नै जरिवानासहित पुनः खर्च विवरण सार्वजनिक गर्न आदेश दिएको तर अहिले त्यस्ता कुनै पनि निर्णय भएको स्पष्ट पारेको छ ।
‘सञ्चारमाध्यममा हालका दिनमा आएका समाचारहरुका सम्बन्धमा आयोगले यस विषयमा हाल जरिवानासम्बन्धी कुनै निर्णय गरेको होइन,’ आयोगले भनेको छ ।
साथै, सो जरिवाना रकम तिर्ने उम्मेदवारलाई आउँदो चुनावमा उम्मेदवारी दिनबाट वञ्चित गर्नेलगायत थप कारबाही नहुने र अदालतबाट अन्यथा आदेश भएकाको हकमा सोहीबमोजिम भइजाने पनि आयोगले बताएको छ ।
टिप्पणीहरू