लिङ्देनसँग कमलले उठाए रगत पसिनाकाे कुरा
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले आज एक समारोहबीच ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्दै एकताको औपचारिक घोषणा गरेका हुन् ।
सो क्रममा थापाले चार वर्षपछि पुरानो घरमा फर्किंदा खुशी लागेको बताए । ‘आफूले रगत पसिना बगाएर खडा गरेको घरमा फर्किंदा खुशी लागिरहेको छ’, उनले भने, ‘यसलाई एकता भनिए पनि खासमा पुनःमिलन हो ।’
चार वर्षअघि पार्टी छोडेर जाँदा रोएको पनि थापाले स्मरण गरे । ‘मन रोइरोई अलग भएको थिएँ, त्यसवेला मलाई कतिले नबुझेर आरोप लगाए, गीताको कसम खाएको मान्छेले पार्टी फुटायो, हारेर भाग्यो भने, तर ती सबै कुरा असत्य हुन्’ , उनले थपे ।
दुई पार्टीबीच ०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरुलाई तत् तत् जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिने सहमति भएको छ ।
टिप्पणीहरू