अमेरिकी राजदूत आज अर्थमा
फाइल फोटो
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले अर्थमन्त्री डा. रामेश्वर खनालसँग भेट गरेका छन् ।
मन्त्री भेट्न राजदूत थम्प्सन आज बिहान बिहान साढे १० बजे सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए । उनीहरूबीच आधा घण्टा कुराकानी भएको बताइएको छ ।
अमेरिकी राजदूतले पछिल्ला दिनमा सरकार सम्वद्ध व्यक्तिहरूसँगको भेटलाई थप तीब्र बनाएको देखिन्छ । अघिल्लो साता उनले उर्जासहित तीनवटा मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङ, वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईंलाई भेटेका थिए ।
टिप्पणीहरू