गुप्तचर हाकिमहरुको बढुवा,जिम्मेवारी हेरफेर

गुप्तचर हाकिमहरुको बढुवा,जिम्मेवारी हेरफेर

राष्ट्रिय अनुसन्धान विभागको रिक्त डिआइजी (अनुसन्धान निर्देशक) दर्जामा बढुवा भएका राजन उप्रेतीको विभागमा पदस्थापन गरिएको छ । अर्का डिआइजी नवीन अधिकारीको कर्णाली प्रदेशमा पदस्थापन भएको छ ।

यसअघि कर्णाली प्रदेश प्रमुख ओम खड्का गतसाता अतिरिक्त अनुसन्धान अधिकृतमा नियुक्त भएका थिए । सोही स्थानमा अहिले अधिकारीलाई लगिएको हो ।

त्यसैगरी एसएसपीमा बढुवा भएका इलामका टिका पोखरेलाई विभागको कर्मचारी प्रशासन विभागमा ल्याइएको छ । सोही विभागमा रहेका डिएसपी टेकराज तिमिल्सिनाको एसपीमा पदोन्नती भएको छ । विभागमा कार्यरत उत्तम खनाल पनि एसएसपीमा बढुवा भएका छन् ।

टिप्पणीहरू