थिमिमा छोराद्वारा आमाको हत्या

थिमिमा छोराद्वारा आमाको हत्या

भक्तपुरको थिमिमा छोराले आमाको हत्या गरेका छन् । मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा २७ वर्षीय प्रवीण भण्डारीले गएराति ५० वर्षीया आमा सरिताको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार धनुषाको मिथिला नगरपालिका–११ घर भएका उनीहरु भाडामा बस्दै आएका थिए । छोराले प्रहार गरेको धारिलो हतियारबाट गम्भीर घाइते भएकी आमाको उपचारका क्रममा ज्यान गएको हो । 

प्रहरीका अनुसारका प्रवीणको टाउकोमा पनि गहिरो चोट लागेको छ । उनको उपचारसँगै प्रहरीले अनुसन्धान थालेको छ ।

टिप्पणीहरू