रास्वपा राैतहटमा रडाकाे
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रौतहट जिल्ला सचिव धिरेन्द्रकुमार चौधरीले आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि आफूले कसैलाई पनि उम्मेदवार सिफारिस नगरेको प्रष्ट पारेका छन् । उम्मेदवारी सिफारिसमा भुलबस् हस्ताक्षर भएको उल्लेख गर्दै उनले पार्टीको विधानअनुसार नै उम्मेदवार छानिने बताएका हुन् ।
रास्वपाको प्रत्यक्ष उम्मेदवार छनौट सिफारिस समितिलाई पत्र लेख्दै उनले उम्मेदवारी सिफारिसमा भएको हस्ताक्षरलाई अमान्य गरिदिन आग्रह गरेका छन् । ‘अब हुने निर्वाचनका लागि निष्पक्ष र पार्टीको विधिविधानअनुरुप नै उम्मेदवारी छानिनुपर्छ भनि आशाका साथ म आफ्नो गल्ती तथा भुलचुक बस् कसैले मसँग उम्मेदवारी छनौट सिफारिस गराइएको छ भने उक्त हस्ताक्षरलाई नमान्य गर्नुहुन अनुरोध गर्दछु’,पत्रमा लेखिएको छ ।
त्यसैगरी, उनले कतिपयले आफूलाई झुक्याएर हस्ताक्षर गराएको पनि जानकारी गराएका छन् । उक्त कार्यको विरोध गर्दै सत्यतथ्यमा मात्र विश्वास गर्न भनिएको छ । भनेका छन्,‘यस किसिमको अनैतिक र भ्रमपूर्ण कार्यको म कडा निन्दा गर्दछु र सबैलाई सत्यतथ्यको आधारमा मात्र विश्वास गर्न अनुरोध गर्दछु ।’
टिप्पणीहरू