ढिस्कोले पुरिएका मजदुर बिते
दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको पावर प्लान्ट विस्तारका क्रममा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालयका अनुसार काम गर्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको हो।
लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन्। घाइते चौधरीलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।
उद्योगले ठूलो खाडलमा सुरक्षा मापदण्डबिना मजदुरलाई काममा लगाएको आरोप पीडित परिवारकाे छ ।
टिप्पणीहरू