यो वर्ष पनि नेपाल–चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । चीनको परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको अवसरमा विगत दुई वर्षदेखि हुँदै आएको सो प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाउँदै छ ।
राजधानीको दशरथ रंगशालामा पर्सि शनिबार प्रतियोगिता हुँदैछ । दिउँसो साढे १ बजेदेखि शुरु हुने प्रतियोगिताका लागि आवश्यक टिकट काठमाडौंस्थित चिनियाँ राजदूतावासले निःशुल्क वितरण गरिरहेको छ ।
दूतावासका अनुसार भाग्यशाली दर्शकलाई काठमाडौंबाट चीनको युनान प्रान्तसम्मको राउन्ड ट्रिप टिकट पनि उपलब्ध गराइनेछ । टिकटका लागि दूतावासको क्युआर कोड स्क्यान गर्नुपर्ने छ ।