खेलाडीलाई भाटभटेनीको सम्मान

खेलाडीलाई भाटभटेनीको सम्मान

अष्ट्रेलियाले हरेक वर्ष आयोजना गर्ने चर्चित टेनिस प्रतियोगिता ‘अष्ट्रेलियन ओपन’मा छनोट हुने नेपाली खेलाडी शिवाली गुरुङलाई भाटभटेनी सुपरमार्केटले सम्मान गरेको छ । खेलमार्फत् मुलुकको पहिचान फराकिलो बनाउन मद्धत पुर्याएको भन्दै भाटभटेनी परिवारले एक कार्यक्रमको आयोजना गरेर उनलाई सम्मान गरेको हो । 

भाटभटेनी परिवारले उनलाई जितको अग्रिम शुभकामना पनि दिएको छ । 

‘अस्ट्रेलियन ओपन’को एसिया तथा एसिया प्यासिफिक एलिट यु-१४ ट्रफी खेल्ने शिवाली नेपालबाट पहिलो खेलाडी हुन् । मेलबर्नमा आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म सञ्चालन हुने प्रतियोगिताको लागि उनलाई नेपाल टेनिस संघले बिदाइसमेत गरिसकेको छ ।

एसियाको यु-१४ उमेर समूहमा चौथो वरीयतामा रहेकी शिवाली मलेसिया हुँदै अष्ट्रेलिया जाने बताइएको छ । क्वालालम्पुरमा केही दिन प्रतियोगिताको तयारी गरेर उनी उतैबाट अष्ट्रेलिया जाने कार्यक्रम छ ।

टिप्पणीहरू