परराष्ट्रको क्युआर मेशिन ध्वस्त

परराष्ट्रको क्युआर मेशिन ध्वस्त

बिदेशमा दु:ख पाएका नेपाली र नेपालमा कार्यरत बिदेशी कूटनीतिक कर्मचारीहरुको सुख सुविधा हेर्ने परराष्ट्र मन्त्रालयको कन्सुलर महाशाखामा राखिएको क्युआर कोड रिड मेशिन जडान गरेको दुई दिनमै ध्वस्त भएको छ ।

नगद रहित (क्यास लेस) कारोबार गर्ने भन्दै प्रयोगमा ल्याइएको उक्त मेशिन जडान गरिएको ४८ घण्टामा काम नलाग्ने भएपछि त्यसको मूल्य र गुणस्तरमाथि कर्मचारीहरूले प्रश्न उठाएका छन् ।

उता त्रिपुरेश्वरमा निर्माणाधीन परराष्ट्रको दुईवटा भवन हस्तान्तरणको क्रममा रहेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उपठेकेदारलाई जिम्मा दिएको बताइएको उक्त भवनको बाहिरी निर्माण सकिए पनि आन्तरिक सजावटको कार्य बाँकी रहेको बताइन्छ

टिप्पणीहरू