मान्छेले किन विद्रोह गर्छ ?

मान्छेले किन विद्रोह गर्छ ?

एमालेभित्रको पछिल्लो विवादलाई विद्रोहसँग जोड्दै एक जना अधिकारवादीले कुनै पनि मुलुकमा हुने विद्रोह साना विषयबाट शुरु भएको उदाहरण दिएका छन् ।

युनिभर्सल डिक्लेरेशन अफ ह्युमन राइट्सको १९४८ को प्रस्तावनामा मानिसले अन्याय र अत्याचारबाट आजित भई विद्रोह नगरुन् भन्ने हो भने हामी राज्यहरू देहायका अधिकारको ग्यारेण्टी गर्न मञ्जुर गर्दछौं भनिएको छ ।

नागरिकलाई त्यो अधिकार विद्रोह रोक्नको लागि दिइएको हो । तर त्यसरी दिइएको कुनै पनि अधिकार राज्यको कारण प्रयोग गर्न नपाइने भएपछि मान्छेले विद्रोह गर्ने उनको ठम्याइ छ ।

पछिल्लो परिघटनालाई उनले छँदाखाँदाको सत्ता सिध्याएर काँग्रेसलाई सुम्पने डिजाइन हो भनेका छन् । पछिल्लो निर्वाचनको परिणामबाट नेपाली काँग्रेस धेरै समयको लागि पाखा लागेको थियो ।

तर अब निर्वाचन हुँदा अधिकांश स्थानमा एमालेभित्रैबाट दुई वटा उम्मेदवारी पर्ने भएपछि उसलाई खुदो पल्टेको छ । त्यसअघि माओवादी केन्द्र र एमाले फुटेपछि त झनै हाइसञ्चो भइसकेको थियो ।

– उपमा मुडभरी, बेत्रावती, नुवाकोट

टिप्पणीहरू