शताव्दी पुरुषले आज एक सय एक वर्ष कटाउनुभयो

शताव्दी पुरुषले आज एक सय एक वर्ष कटाउनुभयो

शताब्दी पुरुष अर्थात् साँच्चिकै ‘बा’ शताब्दी पुरुष सत्यमोहन जोशीको आज १०२ औं जन्मदिन हो ।

वि.सं १९७७ बैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका संस्कृतिविद् जोशी १०२ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । साहित्य लेखनसँगै संस्कृति र परम्पराका बारेमा कलम चलाउँदै आउनुभएका उहाँलाई लोक संस्कृति र इतिहासको पुस्तकालय भनेरसमेत चिनिन्छ ।

तीन पटक मदन पुरस्कार विजेता जोशीका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् । २०१३ सालमा ‘नेपाली लोकसंस्कृति’,२०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उहाँले मदन पुरस्कार पाउनुभएको थियो ।

झण्डै ५० वटा पुस्तकका लेखक जोशीको सम्मानमा नेपाल राष्ट्र बैंकले उहाँको मुहार अंकित विशेष सिक्का टकमरी र सार्वजनिक गरेको छ । त्यसैगरी हुलाक सेवा विभागले पनि टिकट प्रकाशित गरिसकेको छ ।

शताब्दी उमेर नाघेको समयमा पनि उस्तै फूर्तिलो र सक्रिय जोशीलाई भने कतिपयले मुलुककै ‘बा’ भन्दा अत्युक्ति नहुने बताएका छन् ।

टिप्पणीहरू