६२ देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाउन शुरू (भिडियो सहित)

६२ देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाउन शुरू (भिडियो सहित)

-राजेशचन्द्र राजभण्डारी

बागलुङ , बागलुङ नगरपालिकाले मंगलबारदेखि सञ्चालन हुने कोभिडविरुद्धको खोप लगाउन १४ वटै वडामा केन्द्र तोकेको छ । ती केन्द्रहरूमा मंगलबार ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन शुरू गरिएको छ ।

यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यसपटक खोप दिन लागिएको हो । खोप कार्यक्रममा भिड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको बागलुङ नगरपालिका स्वास्थ शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

नगरपालिकाअन्तर्गत सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै २५ जेठमा ६४, २६ जेठमा ६३, २७ जेठमा ६२, २८ जेठमा ६१ र २९ जेठमा ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नगरपालिकाकाे नजिकैको वडा कार्यालयमा खाेप केन्द्र राखिएको जनप्रतिनिधिले अर्जुन घिमिरेले बताए ।

चिनियाँ सरकारले दिएको खाेप लगाउन सरकारले उमेर समूह ताेकिएका ब्यक्तिहरू लाइनमा बसेर आफ्नो पालाे अनुसार खाेप लगाएकाे संविधान सभाका सदस्य एंव पुर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले बताए ।

बागलुङ नगरपालिकाकाे १४ वटा वडाका उमेर समुहका १४ सय जना नागरिककाे लागि काेराेनाकाे भेराेसेल खाेप आइपुगेको बागलुङ नगरपालिकाले जनाएको छ ।सरकारले खाेप लगाउने सुविधा दिए पनि निषेधाज्ञाकाे कारण बन्दाबन्दी भएको कारणले खाेप केन्द्र सम्म पुग्न भने हम्मेहम्मे परेको गुनासो नागरिकहरूकाे छ । संविधानसभाका सदस्य एंवम पुर्व उर्जा राज्यमन्त्री खाेप लगाउन आम नागरिकको लाइनमा संगै उभिएर खाेप लगाएका थिए ।

यसअघि कोभिडको संक्रमण भइसकेको भए १ महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।

खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्ने निति बनाएको छ ।

 

टिप्पणीहरू