अभिनेत्री मौनीको साडीको मूल्य कति ?

अभिनेत्री मौनीको साडीको मूल्य कति ?

साडी नेपाली, भारतीय र दक्षिण एसियाका महिलाहरुको पहिचान हो । साडीलाई निकै भलाद्मी र सौम्य पोशाकको रुपमा लिइन्छ । यसका बनोट र डिजाइनका आधारमा मूल्यसमेत लाखौं रुपैयाँ पर्ने बताइन्छ ।

पछिल्लो पुस्तामा साडी भोज, भतेर र पार्टीदेखि धार्मिक कार्यमा निकै प्रयोग गरिन्छ । पछिल्लो पुस्ताका युवतीमा साडी फेसनको रुपमा निकै प्रख्यात हुन थालेको छ ।

यहि क्रममा भारतकी भर्खरकी अभिनेत्री मौनी रोयले एउटा फोटो सुटको क्रममा लगाएको साडीको डिजाइन र मूल्यलाई लिएर भारतीय सञ्चारमाध्यमहरुमा निकै चर्चा भएको छ । प्रायः अभिनेत्रीहरुले फिल्म वा फोटो सुटमा लगाउने साडी धेरै महँगो हुँदैन । तर, मौनीले लगाएको साडीको मूल्यको बारेमा समेत चर्चा गरिएको छ ।

उनले लगाएको कालो साडीको मूल्य भारु २० हजार अर्थात् नेपाली ३२ हजार चानचुन रहेको बताइएको छ । उनले एउटा फोटो सुटको लागि महँगो साडी लगाएको कारण चर्चा भएको हो । उनले कालो रंगको महँगो साडी लगाए पनि शरिरमा कुनै गहना भने लगाएकी छैनन् ।

विश्लेषकहरुले भनेका छ, ‘उक्त साडी त्यत्ति धेरै महँगो त होइन, तर साडी लगाएको बखत कुनै पनि गहना नलगाएर उनले सबैको ध्यान साडीमा खिच्न बाध्य भएपछि उनको र कालो साडीको चर्चा भएको हो ।’

टिप्पणीहरू