१० किलो चरेससहित भारतीय नागरिक पक्राउ

१० किलो चरेससहित भारतीय नागरिक पक्राउ

१० किलो चरेससहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रतापपुर गाउँपालिका ४ बर्दघाटको पुलमा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा लागुऔषध चरेससहित भारत उत्तरप्रदेश महाराजगञ्जका ३७ वर्षीय राजेश यादवलाई आज बिहान पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले कालो झोलामा चरेसलाई कागजले बेरेर, टेपले बाँधेर ईंटा जस्तो देखिने गरी २६ वटा ईंटा आकारको चरेश लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय बेलटारीमा राखिएको र जिल्ला अदालत नवलपरासी पश्चिमबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ ।

टिप्पणीहरू