गोरखा एक पटक र सिन्धुपाल्चोक दुईचोटि हल्लियो

गोरखा एक पटक र सिन्धुपाल्चोक दुईचोटि हल्लियो

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर आज दुईचोटी भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुईंचालो दिउँसो १ बजेर ४६ मिनेटमा गएको हो ।

त्यसको १० मिनेटपछि १ बजेर ५६ मिनेट जाँदा पुनः ४ दशमलब ७ रेक्टरस्केलको भूकम्प गएको हो । अघिल्लो पटकको भुईंचालो पनि उत्रै रेक्टरस्केलको थियो । भूकम्पको धक्का आसपासका जिल्ला र काठमाडौँ उपत्यकामा समेत महशुस गरिएको थियो ।

भूकम्पका कारण हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन । यसअघि हिजो बिहान गोरखा केन्द्रबिन्दु भएर ४ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको थियो । यी सबै २०७२ सालको महाभूकम्पको पराकम्प भएको बताइएको छ ।

टिप्पणीहरू