बाबुराम दुई तारे जर्नेलमा बढुवा,पोखराको सेनापति नियुक्त

बाबुराम दुई तारे जर्नेलमा बढुवा,पोखराको सेनापति नियुक्त

नेपाल सरकारले आज सहायक रथी बाबुराम श्रेष्ठलाई दुई तारे जर्नेलमा बढुवा गरेको छ । सङ्गसङ्गै उनले मध्य कमाण्ड पोखरामा नयाँ पदावलीअनुसार सेनापतिको जिम्मेवारीसमेत पाएका छन् ।

उनलाई पोहोर २७ बाहिनीपति सिराहामा हुँदा अघिल्लो सेनापति पूर्णचन्द्र थापाले आफ्नै जिल्लावासी गोर्खाको यौटा गरिव केटालाई भर्ना गरिदिएको काण्ड लगाएर आचारसंहितामा एक बर्ष बढुवा रोक्का गरी सहदेव खड्का,सन्तोष ढकाल र हिरालाल जोशीभन्दा पछि पारिदिएका थिए ।

टिप्पणीहरू