अध्यक्षको कार्यकक्षमा आगो दनदनी

अध्यक्षको कार्यकक्षमा आगो दनदनी

सप्तरी, महादेवा गाउँपालिका ६ स्थित वडाध्यक्षको कार्यकक्षमा आगजनी भएको छ । हिजो राति भएको आगजनीमा करिब चार लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अध्यक्षको कार्यकक्षमा भएको ६ थान सोफा, ३ थान काठको टेबल, १ थान एसी, १ थान काठको कुर्सी र कोठाभित्रका सजावटका सबै सामान जलेर नष्ट भएको छ ।

आगलागीको कारण अझै पत्ता लाग्न नसकेको तर शंकास्पदसँग सोधपुछ गरिएको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू