कर्णाली प्रदेशमा भोलि थप बिदा

कर्णाली प्रदेशमा भोलि थप बिदा

कर्णाली प्रदेश सरकारले भोलि कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले वर्षमा ६ दिन थप सार्वजनिक बिदा दिँदै आएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार भोलिको बिदा प्रदेशमा रहेका सबै संघ संस्थालाई समेत लागू हुनेछ । यसमा बैंक तथा वित्तीय संस्थाहरु समेत रहेको जनाइएको छ ।

कर्णालीमा नेपाल सरकारले घोषणा गरेको बाहेक साउने संक्रान्ति तथा देउडा पर्व,भदौ ४ गते प्रदेश स्थापना एवम् सहीद दिवस,भदौ १४ गते कृष्णजन्माष्टमीको दिन बिदा दिँदै आएको छ ।

त्यसैगरी,जुम्लाको चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला,असार १५ गते धान दिवसका दिन नौ वटा जिल्ला र जुम्लामा चैत १२ गते सोही अवसरमा प्रदेश सरकारले बिदा दिँदै आएको बताइएको छ ।

टिप्पणीहरू