कर्णालीलाई स्वास्थ्यकर्मी चाहियो

कर्णालीलाई स्वास्थ्यकर्मी चाहियो

कर्णाली प्रदेश सरकारले करार सेवामा स्वास्थ्यकर्मी मागेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले मातहतका स्वास्थ्य सेवा कार्यालयका लागि दुई दर्जन स्वास्थ्यकर्मी मागेको हो । 

मुगु, कालिकोट, रुकुम पश्चिम, सल्यान, दैलेख, जाजरकोट, डोल्पा र हुम्लाका लागि करार सेवामा स्वास्थ्यकर्मी मागिएको जनाइएको छ । 

सूचनामा अब्स्ट्रेटिक्स एण्ड गाइनिकोलोजिष्ट, जनरल फजिसियन, जनरल सर्जन, पिडियाट्रिसियन, एनेस्थेसियोलोजिष्ट र अर्थोपेडिक सर्जन गरी जम्मा २७ जना आवश्यक रहेको उल्लेख छ । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी पन्ध्र दिनसम्म आवेदन दिन सक्नेछन् । दरखास्त  प्रदेशको सामाजिक विकास मन्त्रालयमा दिनुपर्ने जनाइएको छ ।

टिप्पणीहरू