कर्णालीमा ६ जनाको उम्मेदवारी दर्ता

कर्णालीमा ६ जनाको उम्मेदवारी दर्ता

कर्णाली प्रदेशमा राष्ट्रियसभाको आगमी निर्वाचनका लागि छ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित गठबन्धन दलकातर्फबाट तीन जना र नेकपा एमालेका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), नेपाली काँग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेबाट चुडामणि शर्मा (सुर्खेत), पदमबहादुर माझी (दैलेख) र गंगा थापा महत (जुम्ला) ले राष्ट्रियसभा पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी कुल एक सय ९१ जनाले मतदान गर्ने छन् ।

टिप्पणीहरू