भाइ सोहेल पहिले,दाइ सलमान पछि

भाइ सोहेल पहिले,दाइ सलमान पछि

बलिउडका अभिनेता तथा सलमान खानका भाइ सोहेल खान चैत मसान्तको दिन नेपाल आउने भएका छन् ।

१४ जेठ हुन लागेको सलमान खान कन्सर्टको तयारी बुझ्न सोहेल पहिल्यै आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रमको तयारीबारे जानकारी लिनेछन् ।

सलमानको ‘द दबङ्ग रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । ‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि १४ अप्रिल बैशाख १ गते पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ,’ ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले भने ।

यसअघि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच भएको भर्चुअल संवादपछि सोहेल खान आउने बताइएको थियो ।

दशरथ रंगशालामा हुने ‘दबङ्ग रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । ओडीसीका गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताएका छन् । कार्यक्रमका लागि पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँका टिकट तोकिएको छ ।

टिप्पणीहरू