युक्रेन लडाईंको असर धनीलाई थोरै, गरिबलाई धेरै

युक्रेन लडाईंको असर धनीलाई थोरै, गरिबलाई धेरै

युक्रेनका कारण विश्वभर दैनिक उपभोग्य सामाग्रीको मूल्य अझै बढ्ने भएको छ । विश्व व्यापार संगठनकी महानिर्देशक एनगोसी ओकोञ्जो इबेयलाले युक्रेनमा जारी युद्धका कारण विश्वभर खाद्य पदार्थको भाउ बढ्ने दाबी गरेकी हुन् ।

इबेयलाका अनुसार खाद्य पदार्थमा हुने मूल्यवृद्धिले खाद्य संकट थप गहिरो हुने छ । मूल्यवृद्धिले धनीभन्दा गरिब मुुलुकमा सबैभन्दा धेरै असर पार्ने उनको भनाइ छ । बेलायती अखबार द गार्जियनसँगको कुराकानीमा उनले दैनिक उपभोग्य वस्तुमा हुने मूल्यवृद्धि र खाद्य संकटले ठूलो मानवीय विनाश निम्त्याउन सक्ने आकलन समेत गरेकी छन् ।

अहिले विश्वमा खाद्य संकटसँगै उर्जा संकट विकराल बन्दै गएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि त्यसैको उपज भएको उनको दाबी छ । ‘यो संकट पनि धनीलाई भन्दा गरिबलाई नै पर्नेछ,’ उनले भनिन् ।

टिप्पणीहरू