चिनियाँ पाहुनाको शिवपुरीतिर हाइकिङ जारी

चिनियाँ पाहुनाको शिवपुरीतिर हाइकिङ जारी

हिजो अपरान्ह काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री आज बिहान सबेरै हाइकिङको लागि काठमाडौंको उत्तरपश्चिम कुनोमा रहेको तीनपिप्ले पुग्नुभएको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उक्त स्थानबाट उहाँ र सुरक्षा दलमा खटिएको टोली पैदल यात्रा अर्थात् हाइकिङको लागि शिवपुरी डाँडातर्फ लागेको हो ।

उहाँ बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट बिहान साढे ७ बजे निस्कनुभएको छ । मन्त्री वाङ गौशाला,रातोपुल,ज्ञानेश्वर, ल्होत्सेचोक,जय नेपाल, केशरमहल, लैनचौर,सोह्रखुट्टे,बालाजु औद्योगिक क्षेत्र,बाइपास,नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लन थाल्नुभएको हो ।

तीनपिप्लेबाट मन्त्री वाङ शिवपुरी जंगलको उकालो चढ्न थाल्नुभएको छ । नेपालको तीन दिने भ्रमणमा आउनुभएका उहाँले त्यहाँबाट होटल फर्केर नुहाइवरी रास्ट्रपति भेट्न शीतल निवास पुग्ने तालिका छ । अघिल्लो चोटि नेपाल आउँदा उहाँ नगरकोटतिर हाइकिङ्गमा जानुभएको थियो ।

टिप्पणीहरू