सशस्त्र प्रहरीमा बोल्नै छाडे ठूलाबडा

सशस्त्र प्रहरीमा बोल्नै छाडे ठूलाबडा

सशस्त्र प्रहरी बलमा गत बिहीबार बिहीबार बिहान दर्ज्यानी चिन्ह अर्थात् फुली लगाउने कार्यक्रमको आयोजना गरिएको थियो ।

हालै बढुवा भएका पाँच जना नयाँ डिआइजीलाई फुली लगाउने कार्यक्रममा आईजीपी र अन्य दुई जना एआईजीबीच बोलाबोल र हेराहेरसम्म नभएपछि त्योभन्दा मुनितिरका हाकिमहरु न हाँस्नु, न रुनुको बिलखबन्दमा परेका छन् ।

आइजीपी शैलेन्द्र खनाल कार्यकाल पूरा गरेर चैत २८ गते भूपू हुँदैछन् । उनी घर गएपछि तलका दुईजना हाकिमबीच आगामी २१ दिन आइजीपी कसले खाने भन्ने होडबाजी छ ।

“अहिले खनालको क्वार्टर “शरद भवन” मा रहेका सामान सार्ने क्रम चलेको छ । पहिलो लटमा कपडाहरु ओसार्दै गरिएको छ । उनी अवकाशपछि बानेश्वरस्थित घर जान लागेका हुन् ।”

त्यहि कारण अस्ति पुष्पराम केसी,रामशरण पौडेल र आइजीपीबीच मुश्किलले एकाध फिटको दूरीमा बसे पनि बोलचाल नभएको हो । ‘२१ दिनको आइजीपी कसले खाने भन्ने होडबाजीमा सबै ठुस्स देखिए,’ कार्यक्रममा उपस्थित एक जना एसएसपीले भने ।

यसअघि किशोर लामा पनि १४ दिन आइजीपी भएर क्वार्टरमा सरेका थिए । अहिले कसले खाने,कसलाई नदिने भन्ने खेल भएकाले मनमुटाव देखिएको हो । बिहीबार बिहान साढे ११ बजेतिर अल्फ्रेस्को गार्डेनमा कार्यक्रम भएको थियो । केन्द्रीय सुरक्षा समितिको बैठकका जानुपरेका कारण आइजीपी अलिकति ढिलो पुगेका थिए ।

आइजीपी पुगेपछि पनि कोही कसैसँग नबोलेका उनीहरुवीच झण्डै एक घण्टाको कार्यक्रममा एउटा शब्दसमेत उच्चारण नभएको बताइन्छ । डिआइजीलाई फुली लगाइदिँदा एकातिर एक नम्बर र दुई नम्बर भौतिक रुपमा सरिक हुनुपर्छ । उनीहरुले फुली लगाइदिए तर कुरो मिसाएनन् ।

अहिले खनालको क्वार्टर “शरद भवन” मा रहेका सामान सार्ने क्रम चलेको छ । पहिलो लटमा कपडाहरु ओसार्दै गरिएको छ । उनी अवकाशपछि बानेश्वरस्थित घर जान लागेका हुन् ।

अब २१ दिन केसी र पौडेलमध्ये एक जना आइजीपी भएपछि रिक्त हुने एआइजीको पालोमा १ नम्बर राजु अर्याल,त्यसपछि सीपी गौतम र नारायण पौडेल देखिएका छन् । तीमध्ये अर्याल र गौतमले तीन चार वर्ष ढुक्कसँग खान्छन् भने पौडेल सबैलाई फड्केर उक्लिए भने अढाई वर्ष मात्रै पदमा बस्ने मौका पाउनेछन् ।

टिप्पणीहरू