ओलीसहित एमालेका मुस्लिम नेता सभागृहमा
नेकपा एमालेको भ्रातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौं महाधिवेशन काठमाडौँमा शुरु भएको छ । महाधिवेशनको उद्दघाटन गर्न अहिले केहीबेरमा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभागृह पुग्दै हुनुहुन्छ ।
उद्दघाटन समारोहमा सहभागी हुन् एमाले महासचिव शङ्कर पाेखरेल, स्थायी कमिटि सदस्य भानुभक्त ढकाललगायतका नेताहरु भने सभागृह पुगिसकेका छन् ।
त्यस्तै, संगठनका पूर्वअध्यक्ष नजिर मिया, केन्द्रीय सदस्य साजिदा साद्दिकि, महासचिव जुनैद अन्सारी, सह ईन्चार्ज तैयब हुसैन, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीसहितका मुस्लिम नेताहरु पनि सभागृहमा छन् ।
टिप्पणीहरू