चिनियाँ पाहुना बसेकै होटलमा रात्रीभोज

चिनियाँ पाहुना बसेकै होटलमा रात्रीभोज

परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी तथा नेपाल भ्रमणमा रहनुभएका विदेशमन्त्री वाङ यीको सम्मानमा रात्रीभोजको आयोजना गर्नुभएको छ । चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा रात्री भोज आयोजना गर्नुभएको हो ।

यसअघि उहाँहरु प्रधानमन्त्री निवास बालुवाटारमा हुनुहुन्थ्यो । चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग साँझ ६ बजेदेखि पौने ७ बजेसम्म भेटवार्ता गर्नुभएको थियो । सोअवसरमा दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति थियो ।

चिनियाँ विदेशमन्त्री त्यहाँबाट आफू बसेको होटल द्वारिकाजमा फर्केपछि उहाँको सम्मानमा आयोजना गरिएको रात्रीभोजमा सरिक हुनुभएको हो । कार्यक्रममा दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू