चिनियाँ र अमेरिकी जहाज काठमाडौंमा दायाँ बायाँ
आज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ वायुसेवाको भिआइपी जहाज Deer Jet B8415 र अमेरिकी वायुसेनाको विमान आमनेसामने भएका छन् । हिजो अपरान्ह काठमाडौं अवतरण गर्नुभएका चिनियाँ विदेशमन्त्री वाङ यी चढेर दिल्ली हुँदै आएको विशेष विमान नजिकै अमेरिकी वायुसेनाको विमान रोकिएको हो ।
अमेरिकी आर्मीको उक्त विमान बंगलादेशको चटगाउँबाट काठमाडौं आएको थियो । बिहान काठमाडौंमा अवतरण गरेको उक्त विमान बिहान सवा ९ बजे यताबाट उतै बंगलादेशतर्फ उडेको छ ।
नेपाली सेनाले आयोजना गरेको मेडिकल इभ्याक्युएसन इन्फरमेसन्स एक्सचेञ्ज कार्यक्रममा सहभागी आठ जना सैनिक लिन उक्त विमान आएको हो । सबैभन्दा रमाइलो पक्ष चाहिँ आठ जना यात्रु बोक्न आएको उक्त विमानमा पाँच जना चालक दलका सदस्य थिए ।
टिप्पणीहरू