चिनियाँ विदेशमन्त्री भेटघाटपछि स्वदेश फर्किने
नेपालको तीन दिने औपचारिक भ्रमणमा अस्ति काठमाडौं आउनुभएका चिनियाँ विदेशमन्त्री तथा चीनको राज्यपरिषद्का सदस्य वाङ यी आज पनि भेटघाटमा व्यस्त हुनुभएको छ । उहाँ भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गर्न शीतल निवास पुग्नुभएको छ ।
१९ जनाको प्रतिनिधिमण्डलसहित विदेशमन्त्री वाङ बिहान १० बजे अगावै शीतल निवास छिर्नुभएको हो । उहाँ होटल द्वारिकाबाट पौने १० बजे त्यसतर्फ जानुभएको होटल स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति भण्डारीसँगको भेटघाटपछि उहाँले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । भेटघाटपछि उहाँ आजै दिउँसो विशेष विमानबाट स्वदेश फर्किने भ्रमण तालिका छ ।
टिप्पणीहरू