ठोरी बन्यो मधेश प्रदेशको पहिलो पर्यटकीय गाउँपालिका

ठोरी बन्यो मधेश प्रदेशको पहिलो पर्यटकीय गाउँपालिका

पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थलको रुपमा घोषणा गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ठोरी क्षेत्रलाई प्रदेशकै पहिलो पर्यटकीय गाउँपालिकाको रुपमा घोषणा गरिएको बताएका छन् ।

सो क्षेत्रलाई पर्यटकीय हिसाबले महत्वपूर्ण बनाउन प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । साथै, ठोरीलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन विभिन्न कार्यक्रमसमेत ल्याइने भएको छ ।

ठोरी मधेस प्रदेशको पहिलो पर्यटकीय पालिका हो । भारतसँग सीमाना जोडिएको कारण पनि ठोरीमा दिनहुँ हजारौँको संख्यामा भारतीय पर्यटकहरु आउने गर्छन् । जिल्लाको उत्तरी भेगमा रहेको ठोरीलाई चितवनबाट भारत जाने मार्गका रूपसमेतमा प्रयोग गरिन्छ । नयाँ वर्ष वा कुनै विशेष दिन जिल्लाका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गर्दछन् ।

ठोरीमा राईधारा, सेतो पहाड, गोलेडाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीवासलगायत ५० भन्दा बढी पर्यटकीयस्थल छन् ।

टिप्पणीहरू