विवाह गरेको १० वर्षपछि दुवैजना समातिए

विवाह गरेको १० वर्षपछि दुवैजना समातिए

बहुविवाह मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगामाया नेपालीलाई समातेको हो ।

सन्तोष नेपालीलाई जिल्ला अदालत झापाको २०६८ वैशाख १४ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना तथा गंगामाया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।

बहुविवाह गरेपछि बेपत्ता भएका उनीहरूलाई फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएको थियो । अदालतको आदेशपछि उनीहरुलाई तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ ।

टिप्पणीहरू