१८ वर्ष नपुगेकालाई स्थायी नियुक्ति

१८ वर्ष नपुगेकालाई स्थायी नियुक्ति

सर्लाहीको हरिपूर्वा नगरपालिकाका पूर्वसचिव रामप्रकाश सिंह दनुवार र कार्यालय सहायक अरुणकुमार यादवउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीहरुउपर मुद्दा चलाएको हो । 

सचिव दनुवारले १८ वर्ष उमेरसमेत नपुगेका यादवलाई बिना दरबन्दी नियुक्त गरेको खुलेको छ । अख्तियारका अनुसार उनले सरकारी लिखत र लेटरप्याडको दुरुपयोग गरेर यादवको नक्कली स्थायी नियुक्ति पत्र बनाइदिएको भेटिएको छ । 

सोही नियुक्तिपत्रका आधारमा यादवले स्थायी कर्मचारीसरह तलब, भत्तासहित सुविधा उपभोग गर्दै आएको पाइएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

टिप्पणीहरू