भौतिक आक्रमण प्रयासको विरोधमा कर्मचारी मञ्चको विज्ञप्ति
दार्चुलाको मालिकार्जुन गाउँपालिकाकामा कार्यरत कर्मचारीमाथि भौतिक आक्रमणको प्रयास भएको भन्दै स्थानीय तह कर्मचारी हकहित मञ्चले आपत्ति जनाएको छ ।
गाउँसभाको निर्णय कार्यान्वयन गर्ने सिलसिलामा त्यहाँका स्थानीयले कर्मचारीलाई धम्कीपूर्ण व्यवहार गर्नुका साथै फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै मञ्चको केन्द्रीय समन्वय समितिले आपत्ति प्रकट गरेको हो ।
आज विज्ञप्ति जारी गर्दै समितिले पालिकामा कार्यरत कर्मचारीमाथि गरिएको उक्त व्यवहारको निन्दा र भत्र्सना गरेको हो । संघीय शासन प्रणालीको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहमा दिनरात खटिने कर्मचारीमाथि भएको दुव्र्यवहार प्रचलित कानुनको बर्खिलापमा रहेकाले दोषीमाथि कारवाही हुनुपर्ने मञ्चको माग छ ।कानुनको परिधिमा रहेर गाउँसभाको निर्णय कार्यान्वयन गर्ने सबैको दायित्व हुनुपर्नेमा कर्मचारीलाई दोषी देखाएर अराजकता देखाउनु गलत भएको विज्ञप्तिमा भनिएको छ । जनसमुदाय र कर्मचारीहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्न सकेमा मात्र पालिकाको विकास हुने उसको निश्कर्ष छ ।
कर्मचारीमाथि हुने यस्ता गतिविधिले उनीहरुको मनोबल कमजोर हुने र कार्यवातावरण प्रभावित हुने भन्दै समितिले दोषीलाई कानुनको कठाघरामा ल्याएर स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण सृजनाका लागि जोडदार माग गरेको छ ।
टिप्पणीहरू