खर्च पानी दिन नमान्दा ज्यानमाथि खतरा

खर्च पानी दिन नमान्दा ज्यानमाथि खतरा

देशभरका बचत तथा ऋण सहकारीलाई सुशासन सिकाउनुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका सञ्चालक बीरबहादुर रावत भोटेले फिल्ड कार्यालयका कर्मचारी कुटेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीयसदस्य समेत रहेका भोटेले सहकारीको कार्यक्रममा काठमाण्डौ ओहोरदोहोर गर्दाको प्लेन भाडा,ट्याक्सी तथा होटलको पैसा अन्य खर्चको रुपमा मिलाएर नदिएको भन्दै कर्मचारीलाई अश्लिल गाली गर्दै ढोकाको चुकुल लगाएर कुटेको भिडियो सार्वजनिक भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को सुर्खेतस्थित सदस्य सेवा केन्द्रमा कार्यरत कर्मचारी पुष्पराज तिम्सिनाको कठालो समाएको भिडियो सार्वजनिक भएको छ । भोटेले हातपात गर्दाका समयमा बोलिएका शब्दहरुले नै खर्चको बिबाद भएको बुझ्न सकिन्छ । तिमल्सिनाले थोरै भए त आफै तिरिदिने जस्ता कुरा पनि गरेका छन्  भने वीरबहादुरको आक्रोश अलि चर्कै भएको देखिन्छ ।  नेफ्स्कुनका सञ्चालक रावत २०७९ मा वीरेन्द्रनगर नगरपालिकाको उपमेयर उम्मेदवार थिए ।

"कार्यालयमा आक्रोशित भएर पस्नासाथ हातपात गर्न लागेको भन्ने थाहा पाएर तिम्सिना तर्सिई हातपात गर्न आँट्नुभो भन्दै थिए भने अर्का कर्मचारी मदन चन्दले भिडियो खिचेको थाहा पाएपछि भोटेले केस उल्टो पार्न प्रहरी लगाएर कर्मचारीलाई थुनाएको बुझिएको छ ।"

नेफ्स्कुनको सञ्चालक भएकै कारण नियम बिपरित ऋण दिन दबाब दिने र नपाए कर्मचारीलाई धम्क्याउने गरेका उनले यसअघि पनि पटक पटक हातपात प्रयास गरेको आरोप छ । कार्यालयमा आक्रोशित भएर पस्नासाथ हातपात गर्न लागेको भन्ने थाहा पाएर तिम्सिना तर्सिई हातपात गर्न आँट्नुभो भन्दै थिए भने अर्का कर्मचारी मदन चन्दले भिडियो खिचेको थाहा पाएपछि भोटेले केस उल्टो पार्न प्रहरी लगाएर कर्मचारीलाई थुनाएको बुझिएको छ ।  

नेफ्स्कुन केन्द्रले निर्णय गरेर दिएको बाहेक प्लेन,ट्याक्सी र काठमाण्डौ बसाइको होटलको बिल मिलाएर दिनुपर्ने दबाब नमानेपछि कुटपिट भएको स्रोतको दाबी छ । आफैले कुटेर भिडियो लिक हुनेभएपछि कर्मचारीलाई थुनाएका भोटेलाई छुटाउन सुर्खेतका नेपाली कम्युनिस्ट पार्टीका नेताहरु लागेका छन् भने सहकारीभित्रका एमालेहरु पनि घटना सामसुम बनाउन लागेका छन् । रावत एमालेसङ्ग मिलेर सहकारीमा रमाउँदै आएका ब्यक्ति हुन् ।

०७९ मा उपमेयर उम्मेदवार भएर ८८८ मत ल्याएका ५२ बर्षीय भोटे रेडियो बुलबुलेको अध्यक्ष हुन् । भन्छन्-एउटा कर्मचारीले पिटेर अर्कोले सुनियोजित रुपमा भिडियो खिचेको हो । मसङ्ग अर्बौंको सम्पत्ति छ,म भत्ता खाने मान्छे हैन ।

म ०५४ सालको स्ववियु सभापति हो । मेरो चरीत्रहत्या कसैले नगरुन् । म हर्क साम्पाङ्गजस्तै देश बनाउन हिंडेको मान्छे हो ।

टिप्पणीहरू